काठमाडौं : सुनको मूल्य फेरि बढेको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ५ सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।
७ सय रुपैयाँ घट्दा सोमबार सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीमा भने आज ५ रुपैयाँको बढेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४३५ रुपैयाँ पुगेको छ। १० रुपैयाँ घट्दा सोमबार कारोबार मूल्य प्रतितोला १ हजार ४३० रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा घट्न थालेको सुनको मूल्य पुन: बढेको हो। मंगलबार सुन प्रतिऔंस १९९९.६७ डलर पुगेको छ भने चाँदी प्रतिऔंस २४.९५ डलर छ। सोमबार सुन प्रतिऔंस १९९२.४६ डलर र चाँदी २४.७७ डलरमा कारोबार भएको थियो।