PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

कोशी प्रदेशका मुख्यमन्त्रीको सम्पत्ति : ललितपुरमा श्रीमतीको नाममा जग्गा, ३२ लाखको शेयर



पहिलोपोस्ट

कोशी प्रदेशका मुख्यमन्त्रीको सम्पत्ति : ललितपुरमा श्रीमतीको नाममा जग्गा, ३२ लाखको शेयर
फोटो : हिक्मत कार्की/फेसबुक

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आफ्नो सम्पत्ति विवरण बुझाएका छन्। सार्वजनिक पद धारण गरेपछि आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने नियम रहेको छ।

सोही अनुसार मुख्यमन्त्री कार्कीले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति विवरण बुझाएका हुन्। विवरण अनुसार मुख्यमन्त्री कार्कीको झापा गौरादहमा घर र श्रीमतीको नाममा ललितपुरमा दुई वटा जग्गा भएको खुलेको छ।

झापा गौरादह नगरपालिका वडा नम्बर १ मा दाजु दीपक कार्की र उनको नामा सगोलमा रहेको १ कठ्ठा १० धुर जग्गामा दुई तले पक्की घर रहेको छ। त्यस्तै, गैरादहको वडा नम्बर ३ मा २ कठ्ठा बनेको पक्की घर रहेको छ। जुन पैतृक सम्पत्तिको रुपमा देखाइएको छ। दाजु दीपक कार्की पूर्व सांसद हुन्।

त्यस्तै, श्रीमती अञ्जना पाण्डेको नाममा ललितपुरको महालक्ष्मीस्थानमा दुई कित्तामा रहेको २३२ र २८६ वर्ग मिटर क्षेत्रफल भएको जग्गा रहेको छ। जुन २०७७ १ करोड ४० लाखमा किनेको र बैङ्कबाट ९० लाख रुपैयाँ ऋण लिएको उल्लेख गरिएको छ। त्यसै गरी ६ तोला सुनका गहना र १०  तोला चाँदीका गहना रहेका छन्।

कार्कीले ३२ लाख बराबरको शेयर खरिद गरेको देखिएको छ। शेयर खरिद पैत्रिक सम्पत्ति बिक्री गरेर किनेको उल्लेख गरेका छन्। उनको सेन्ट्रो कार समेत रहेको छ। जसको २०७० सालमा खरिद मूल्य २३ लाख रुपैयाँ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell