PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

यसकारण बैशाख १ गते प्रदर्शन नहुने भयो ‘नाईं नभन्नु ल ६’



पहिलोपोस्ट

यसकारण बैशाख १ गते प्रदर्शन नहुने भयो ‘नाईं नभन्नु ल ६’

काठमाडौं :  नाइँ नभन्नु ल ६’ बैशाख १ गते रिलिज नहुने भएको छ। सेन्सर प्रक्रिया पूरा नभएका कारण फिल्मको रिलिज स्थगित गरिएको निर्देशक विकास आचार्यले जानकारी दिए।

‘केही दिनअघि नै हामीले फिल्मलाई चलचित्र विकास बोर्डमा सेन्सरको लागि पठाएका थियौं। तर, अहिलेसम्म बोर्डले सेन्सर स्वीकृति दिएको छैन। सोहीदिन रिलिज हुने अन्य फिल्महरुको सेन्सर पास भएर अग्रिम बुकिङ समेत खुलिसक्यो। जसकारण हामीले फिल्मको डेट सार्ने निधो गरेका हौं। अब बैशाख १५ गते फिल्म रिलिज गर्ने कुरा छ,’ उनले भने।

फिल्मका निर्माता सञ्जय न्यौपानेको आर्थिक लेनदेनलाई लिएर चलचित्र विकास बोर्डमा उजुरी परेपछि बोर्डले सेन्सर सिफारिस नदिएको बताइएको छ।

फिल्ममा आर्शिवाद क्षेत्री र आँचल शर्मा, सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मीलगायतको अभिनय छ। विकाससँगै सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले यस फिल्मको कथा/पटकथा लेखेका हुन्।

बैशाख १ गते 'जारी', 'बिहे पास' र 'बुलाकी' प्रदर्शन हुँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell