PahiloPost

Feb 21, 2026 | ९ फागुन २०८२

सशस्त्र प्रहरीको फेसबुक पेज ह्याक



पहिलोपोस्ट

सशस्त्र प्रहरीको फेसबुक पेज ह्याक

काठमाडौं : सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक भएको छ। आज बिहान फेसबुक पेज नियन्त्रणमा लिएर केही कुरा पोष्ट गरिएको छ।

प्रहरीले फेसबुक पेज आफ्नो नियन्त्रणमा ल्याउन प्रयास गरिरहेको जानकारी दिएको छ। बिहान ११ बजेतिर फेसबुक पेजमा असम्बन्धित पोष्ट गरिएको थियो। केही दिनदेखि फेसबुक पेजमा समस्या देखिएको प्रहरीले जानकारी दिएको छ।

माघ १४ गते ह्‍याकरले एकैचोटि सरकारी सर्भरमा आक्रमण गरेका थिए। ह्‍याकरले अनधिकृत रूपमा सर्भरमा पस्न खोजेपछि सबै सरकारी वेबसाइट डाउन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell