हेटौंडा : वाग्मती प्रदेशमा विश्वविद्यालय सञ्चालन गर्ने उद्धेश्यले तयार गरिएको प्रदेश उच्च शिक्षा नियमावली २०७९ स्वीकृत भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो नियमावली स्वीकृत गरेसँगै प्रदेशमा विश्वविद्यालय सञ्चालनको बाटो खुला गरेको हो।
त्यस्तै, उक्त बैठकले प्रदेश चिठ्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरेको छ। अब सो विधेयक प्रदेश सभामा पेश हुने आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।
बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन (चौथो संशोधन) नियमावली पनि स्वीकृती गरेको छ।