PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

काठमाडौंबाट पक्राउ परे न्यायाधीश भुवन गिरी, कपिलवस्तु लगिँदै



पहिलोपोस्ट

काठमाडौंबाट पक्राउ परे न्यायाधीश भुवन गिरी, कपिलवस्तु लगिँदै

काठमाडौं : न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ। बलात्कारको अभियोग लागेका न्यायाधीश गिरीविरुद्ध कपिलवस्तु जिल्ला अदालतले गत साता पक्राउ पूर्जी जारी गरेको थियो। आज काठमाडौंबाट उनी पक्राउ परेका हुन्। उनलाई आजै कपिलवस्तु लगिँदैछ।

न्यायधीश गिरीविरुद्ध उनकी श्रीमतीले जबरजस्ती करणको अभियोग लगाउँदै गत मंसिरमा नै प्रहरीमा उजुरी दिन पुगेकी थिइन्। तर केही समय प्रहरीले उजुरी दर्ता गर्न मानेको थिएन।

यो घटना बाहिरिएपछि जिल्ला अदालत कपिलवस्तुमा कार्यरत गिरीलाई न्याय परिषद्मा तानिएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell