PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

विदेशी मुद्राको सञ्चिति २४ महिनायताकै उच्च



पहिलोपोस्ट

विदेशी मुद्राको सञ्चिति २४ महिनायताकै उच्च
Photo : Reuters

काठमाडौं : विदेशी मुद्राको सञ्चिति २०७७ चैत महिनायताकै उच्च विन्दुमा पुगेको छ। त्यसबेला १४ खर्ब ३३ अर्ब २७ करोडको सञ्चिति क्रमश: घटेर ११ खर्ब ४६ अर्ब ८८ करोडमा आएको थियो। २०७९ वैशाखमा न्यूनतम विन्दुमा आएको सञ्चिति त्यसपछि क्रमश: बढेर दुई वर्षयताकै उच्चतम विन्दुमा पुगेको हो।

नेपाल राष्ट्र बैंकले मंगलबार फागुन मसान्तसम्मको विवरण सार्वजनिक गर्दै विदेशी मुद्राको सञ्चिति १४ खर्ब एक अर्ब २१ करोड पुगेको जनाएको छ।

लकडाउन खुलेपछि आयात बढेर घट्न थालेको सञ्चितिका कारण शोधनान्तर घाटा अहिलेसम्मकै उच्च भएको थियो। विदेशी मुद्राको तीव्र क्षयीकरण रोक्न राष्ट्र बैंकले ३०० वस्तुको आयात एलसीमा मार्जिनको व्यवस्था गरेको थियो भने सरकारले १० वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। त्यसपछि आयात नियन्त्रण भएर विदेशी मुद्रा क्षयीकरण कम हुन थालेको हो।

आयात घट्ने र विदेशमा रहेका नेपालीहरुले पठाउने रेमिटेन्स निरन्तर बढेका कारण सञ्चिति उक्लिन थालेको हो। माघ महिनाको तुलनामा सञ्चिति १७ अर्ब ८८ करोड रुपैयाँले बढेको छ। त्यसअघिको निरन्तर तीन महिना औसत ४५ अर्ब रुपैयाँका दरले सञ्चिति बढेको थियो। अहिलेको सञ्चितिले ९ महिना बढीको आयात धान्न पुग्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell