PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

मुम्बईले निकाल्यो पहिलो जित, दिल्लीको लगातार चौथो हार



पहिलोपोस्ट

मुम्बईले निकाल्यो पहिलो जित, दिल्लीको लगातार चौथो हार
Photo: IPL

इण्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत गएराति भएको खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई हराउँदै जारी सिजनमा पहिलो जित निकालेको छ। अरुन जेट्ली स्टेडियममा भएको खेलमा दिल्लीले जारी सिजनको चौथो हार व्यहोर्‍यो।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले १९ दशमलव ४ ओभरमा अलआउट हुँदै १७२ रन बनाएको थियो। दिल्लीका लागि अक्षर पटेलले सर्वाधिक ५४ रन बनाउँदा डेभिड वार्नरले ५१, मनिश पाण्डेले २६ र पृथ्वी शले १५ रन जोडे।

दिल्लीलाई अलआउट गर्न मुम्बईका जेसोन बेरेन्ड्रोफ र पिउस चावलाले ३/३ तथा राइली मेरेडिथ २ र ऋतिक शोकीनले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले ४ विकेट गुमाउँदै अन्तिम बलमा लक्ष्य भेट्यायो। उसका लागि कप्तान रोहित शर्माले सर्वाधिक ६५ रन बनाउँदा तिलक वर्माले ४१, इसान किसानले ३१ र क्यामरोन ग्रीनले १७ रन जोडे।

दिल्लीका मुकेश कुमारले २ र मुस्ताफिजुर रहमानले १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell