PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

ढाकाकुमारबारे निर्णय लिन रास्वपा केन्द्रीय समितिको बैठक बस्दै



पहिलोपोस्ट

ढाकाकुमारबारे निर्णय लिन रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ। सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडियो प्रकरणबारे निर्णय लिन आज केन्द्रीय समितिको बैठक बस्न लागेको हो।

केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठले गरेको भनिएको अडियोसम्बन्धी प्रतिवेदन मङ्गलबार सभापति रवि लामिछानेलाई बुझाएको थियो। सोही प्रतिवेदनलाई आधार बनाएर निर्णय लिन केन्द्रीय समितिको बैठक बस्न लागेको हो।

समितिसँगको बयानमा सांसद श्रेष्ठले दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ बार्गेनिङ गरेको उक्त अडियो आफ्नो नभएको दाबी गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell