PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

पंजाबको मिलिटिरी स्टेशनमा गोली चल्दा चारजनाको मृत्यु



पहिलोपोस्ट

पंजाबको मिलिटिरी स्टेशनमा गोली चल्दा चारजनाको मृत्यु
तस्विर : एएनआइ

भारतको पंजाबस्थित भटिन्डा मिलिटिरी स्टेशनमा गोली चल्न चारजनाको मृत्यु भएको छ। बुधवार बिहान भएको गोलीकाण्डमा कुनै पनि आतंकवादी संगठनको संलग्न नभएको बताइएको छ। केही दिन अघि सो स्टेशनबाट राइफल हराएको र गोली चल्नुमा यही कारण हुन सक्ने अनुमान गरिएको छ।

गोली चल्ने बित्तिकै सैनिक क्याम्पभित्र रहेको 'स्टेशन क्विक रिएक्सन टिम्स्'लाई परिचालन भएको थियो। हाल सो सैन्य इलाकालाई 'हाइ अलर्ट'मा राखिएको छ। सेनासँगै प्रहरीले पनि घटनाबारे अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell