PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

बीबीसीसँग अप्रत्याशित अन्तर्वातामा इलोन मस्कले भने : ट्वीटर किने पछि पीडा महसुस भएको छ



पहिलोपोस्ट

बीबीसीसँग अप्रत्याशित अन्तर्वातामा इलोन मस्कले भने : ट्वीटर किने पछि पीडा महसुस भएको छ
Photo : BBC

इलोन मस्कले ट्वीटर किनेपछि आफूलाई पीडा महसुस गरेको बताएका छन्। बीबीसीसँगको अप्रत्याशितअन्तर्वार्तामा विश्वकै धनाढ्यमध्येका एक मस्कले आफूले ट्वीटर किने पछि पीडा महसुस गरे पनि ट्वीटर राम्रो गन्तव्यतिर गइरहेको बताएका छन्।

बीबीसीका उत्तर अमेरिकी प्रविधि संवाददातासँग ट्वीटरको कार्यालयमा भएको अन्तर्वार्तामा मस्कले आफूले किन्नै पर्ने भएर मात्रै ट्वीटर किनेको बताएका छन्। उनले कम्पनी चलाउन निकै ‘पीडादायी’ भएको भन्दै ‘उतारचढाव’को अवस्था रहेको बताए।

मस्कले यसै साता बीबीसी सरकारी पैसाबाट सञ्चालन भएको भन्दै उसको ट्वीटर अकाउन्टमा ‘गभर्नमेन्ट फन्डेड मिडिया’को ट्यागसमेत दिएका थिए। ट्वीटरले पारदर्शी र इमान्दार हुने लक्ष्य लिएको भन्दै मस्कले त्यस्ता ट्यागहरु अपडेट गर्न सकिने बताएका छन्।

बीबीसीका संवाददाताले न्यूयोर्क टाइम्स जस्ता मिडियाले पैसा नतिर्दा ‘ब्लू टिक’ प्रमाणीकरण गुमाएकोबारे प्रश्न गरेका थिए।

‘यो सानो रकम हो, उनीहरूको समस्या के हो मलाई थाहा भएन’, मस्कले भने, ‘हामी सबैलाई समान व्यवहार गर्नेछौं।’

मस्कले समाचारको प्रकृति निर्धारण गर्ने ‘केही अभिषिक्त पत्रकारहरूको वर्ग’लाई ट्वीटरले बढावा दिन नचाहेको बताए।

मस्कले आफूले सान फ्रान्सिस्कोस्थित ट्वीटरको एउटा भवनलाई घरबारविहीनको आश्रयस्थमा परिणत गर्न चाहेको तर भवन मालिकले यसलाई अनुमति नदिएको समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell