PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

काठमाडौंको प्युखाबाट स्रोत नखुलेको रकम सहित एक जना समातिए



पहिलोपोस्ट

काठमाडौंको प्युखाबाट स्रोत नखुलेको रकम सहित एक जना समातिए

काठमाडौंः प्रहरीले स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-२२ न्यूरोडस्थित प्युखाबाट स्रोत नखुलेको नगद १२ लाख ५० हजार रूपैयाँसहित ललितपुर गोदावरी नगरपालिका-२ बस्ने ५२ वर्षीय राजेन्द्र सिलवाललाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई रकम सहित फेला पारेको हो। रकम हुन्डीको लागि प्रयोग हुनसक्ने अनुसन्धानमा देखिएको छ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell