PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

सांसद तोसिमा कार्कीको माग : ठूला भवन, होटल र अपार्टमेन्टको वैधानिकता खोजी गरियोस्



पहिलोपोस्ट

सांसद तोसिमा कार्कीको माग : ठूला भवन, होटल र अपार्टमेन्टको वैधानिकता खोजी गरियोस्
फाइल फोटो : रासस

काठमाडौं : निर्माण भइसकेका र निर्माणको चरणमा रहेका ठूला होटल, अपार्टमेन्ट तथा व्यावसायिक भवनको वैधानिकताबारे अध्ययन गर्न संसदीय छानबिन समितिको माग गरिएको छ। प्रतिनिधिसभाको बुधवारको बैठकमा सांसद डा तोसिमा कार्कीले यस्तो छानबिन समिति गठनको माग गरेकी हुन्।

‘देशव्यापीरुपमा ठाउँ-ठाउँमा निर्माण हुँदै गरेका ठूला भवन, होटल, अपार्टमेन्टको वैधानिकता खोजी गरियोस्। ती भवनको नक्सापास, वातावरणीय प्रभाव मूल्याङ्कन र सम्बन्धित निकायबाट लिइनुपर्ने स्वीकृतिलगायतका विषयमा अध्ययन गर्न संसदीय छानबिन समिति बनाइनुपर्छ,’ उनले भनिन्।

लतिलपुरको बखुन्डोलमा निर्माणाधिन समिट अपार्टमेन्टका कारण सिर्जित समस्याबारे पनि कार्कीले संसद्का कुरा उठाइन्।

‘नक्शापास र वातावरणीय प्रभाव मूल्याङ्कनबिनै सम्बन्धित स्थानीय तहको स्वीकृतिसमेत नलिई १८ रोपनी जग्गामा १६ तले अपार्टमेन्ट बनाइरहँदा वरपरका घर चर्किने भासिने भएका छन्। स्थानीयले पटक-पटक उजुरी दिएपनि काम रोकिएको छैन,’ डा कार्कीले भनिन्।

संसद्को अघिल्लो बैठकमा समेत यो कुरा उठेको भएपनि कारबाहीको लागि वैधानिक प्रक्रिया अघि नबढेको उनको भनाइ छ। उक्त अपार्टमेन्ट निर्माणका क्रममा वरपरका घरमा क्षति भएकोमा दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने पनि उनको माग छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell