PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

चीनसँग वार्ता गरेर किमाथाङ्का नाका खुलाउन सरकारलाई सांसद खड्काको आग्रह



रासस

चीनसँग वार्ता गरेर किमाथाङ्का नाका खुलाउन सरकारलाई सांसद खड्काको आग्रह
फाइल फोटो।

काठमाडौं : नेपाल-चीन जोड्ने सङ्खुवासभाको किमाथाङ्का नाका खोल्नका लागि सरकारले पहल गर्नुपर्ने विषय संसद्मा उठेको छ। सांसद दीपक खड्काले उक्त नाका खोल्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘किमाथाङ्का नाका बन्द छ। आवतजावत पनि ठप्प छ। नेपाल सरकारले तत्कालै चीन सरकारसँग वार्ता गरेर यो नाका खुलाउनका लागि म आग्रह गर्छु,’ सांसद खड्काले भने।

साथै सङ्खुवासभा सदरमुकामबाट भोटखोला गाउँपालिका जोड्ने बाटो वर्षायाममा ठप्प हुने भएकाले खाद्यान्न ढुवानीमा समस्या हुने गरेको विषय पनि उनले संसद्मा उठाए।

‘वर्षायाममा भोटखोला गाउँपालिकामा खाद्यान्न ढुवानी नहुँदा र भण्डारणसमेत नहुँदा त्यहाँ साढे छ हजारभन्दा बढी जनसङ्ख्या भोकमरीमा पर्ने अवस्था छ। यो समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यान आकर्षण गर्न चाहन्छु,’ सांसद खड्काले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell