PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

‘कैदीको पत्र’ को ट्रेलर सार्वजनिक



पहिलोपोस्ट

‘कैदीको पत्र’ को ट्रेलर सार्वजनिक

काठमाडौं : सनम कुमार बैराग निर्देशित फिल्म ‘कैदीको पत्र’ को ट्रेलर सार्वजनिक भएको छ। दुई मिनेट ४७ सेकेण्डको ट्रेलरमा त्रिकोणात्मक प्रेम सम्बन्ध समेटिएको छ।

एक युवककको वरिपरिका सम्बन्धित व्यक्तिहरु र प्रेमसम्बन्धमा आउने उतारचढावलाई ट्रेलरमा देखाइएको छ।

निर्देशक बैरागले नै फिल्मको कथा तथा संवाद लेखेका हुन। फिल्ममा कुनाल विश्व, बेलायती अभिनेत्री म्याडिशन लाजारसयसका साथै सलिना थापामगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनीष श्रेष्ठलगायतका नेपाली तथा बेलायती कलाकारहरुको अभिनय रहेको छ।

प्रेम र रोमान्सको कथामा बनेको फिल्ममा जीवनमा पाएको खुशीलाई सम्हाल्न नसक्दा मानिसले ब्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइ देख्न पाइने निर्देशक बैरागले बताए।

यो फिल्म साहित्यकार ईश्वर मानन्धरको कथा ‘कैदीको पत्र’ मा आधारित छ। फिल्मको सम्पूर्ण छायाङ्कन स्कटल्याण्डमा भएको हो। आगामी बैशाख १५ गतेबाट यो फिल्म प्रदर्शन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell