काठमाडौं : पछिल्लो २४ घण्टामा १२१ जनामा कोरोना संक्रमण देखिएको छ। आरटी पीसीआरबाट ५८ जना र एन्टीजेन परीक्षणबाट ६३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ। हिजो १०६ जना संक्रमित थपिँदा करिब ३ महिनापछि एक संक्रमितको मृत्यु भएको थियो।
हाल देशभर ४४५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
काठमाडौं उपत्यकामा २५ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् भने ११ जनाको आइसीयुमा र ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।