PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

अडियो प्रकरण रास्वपा सांसद श्रेष्ठको साधारण सदस्य समेत खारेज गर्ने निर्णय



पहिलोपोस्ट

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सांसद ढाका कुमार श्रेष्ठको साधारण सदस्य खारेज गरेको छ।
पार्टी कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सांसद ढाकाकुमार श्रेष्ठको विषयमा कारबाही गरेको सभापति रवि लामिछानेले जानकारी दिए।
पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो टेप प्रकरणसम्बन्धी प्रतिवेदन हिजो नै पार्टी सभापति रवि लामिछानेलाई बुझाएको थियो। समितिले साधरण सदस्य समेत नरहने गरि कारबाही गर्न सिफारिस गरेको थियो। सांसद श्रेष्ठले मन्त्री बनाउनको लागि साढे २ करोड रुपैयाँ मागेको भिडियो बाहिरिएको थियो।
सांसद श्रेष्ठले भने अडियोमा आफ्नो आवाज नभएको बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell