PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

घुस मागेको अडिओ प्रकरणमा ढाकाकुमार रास्वपाको साधारण सदस्यबाटै निष्कासित



पहिलोपोस्ट

घुस मागेको अडिओ प्रकरणमा ढाकाकुमार रास्वपाको साधारण सदस्यबाटै निष्कासित

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। केन्द्रीय समितिको बैठकले श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी जिम्मेवारी मुक्त गरेको हो।

पार्टी कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय समितिको बैठकले सांसद ढाकाकुमार श्रेष्ठको विषयमा कारबाही गरेको सभापति रवि लामिछानेले जानकारी दिए।

पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो टेप प्रकरणसम्बन्धी प्रतिवेदन हिजो नै पार्टी सभापति लामिछानेलाई बुझाएको थियो। समितिले साधरण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell