PahiloPost

Apr 27, 2025 | १४ बैशाख २०८२

एफएनसीसीआई चुनाव : जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित



पहिलोपोस्ट

एफएनसीसीआई चुनाव : जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन्। उनी वरिष्ठ उपाध्यक्षका उम्मेद्वार रामचन्द्र संघई प्यानलबाट उपाध्यक्षमा लडेका थिए।

वैद्यले ४३ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी अजयराज सुमार्गीले ३७ मत पाएका छन्। सुमार्गी अन्जन श्रेष्ठको समूहबाट चुनाव लडेका थिए। उमेशलाल समूहबाट उपाध्यक्ष लडेका दिनेश श्रेष्ठले ३४ मत पाएका छन्।

दिनेश यसअघि पनि जिल्लानगर उपाध्यक्ष हुन्। उनले वरिष्ठ उपाध्यक्ष त्याग्दै उमेशलाललाई समर्थन गरेका थिए। सुरकृष्ण नेपाली कांग्रेस निकट हुन्। उनी प्रदेशसभाको समानुपातिक सूचीमा थिए।

जिल्लानगरको सदस्य पदमा मोहनप्रसाद श्रेष्ठ, प्रयास कार्की, अमरेश चन्द्र बैदार, तारा बहादुर कार्की, नवीन रिजाल, कल्पना गैरे, उमेश डालमिया, बेदबहादुर श्रेष्ठ, मन्जु कुमार श्रेष्ठ कोजु, अब्दुल वाहिद मन्सुरी, किशोरकुमार आचार्य, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, पुष्पराज कुँवर, अनिल कृष्ण श्रेष्ठ, गोकुल श्रेष्ठ र निरक केसी निर्वाचित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell