PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

आइपीएलमा आज पञ्जाव र गुजरातबिच प्रतिस्पर्धा



पहिलोपोस्ट

आइपीएलमा आज पञ्जाव र गुजरातबिच प्रतिस्पर्धा
Photo: Punjab Kings

इण्डियन प्रिमियर लिग (आइपीएल)मा बिहीवार पञ्जाव किङ्ग्स र गुजरात टाइटान्स भिड्दै छन्। पञ्जाव शिखर धवन र गुजरात हार्दिक पाण्ड्याको कप्तानीमा मोहालीस्थित बिन्द्रा स्टेडियममा साँझ ७:४५ बजे मैदानमा उत्रिनेछन्।

तीन खेल खेलेको पञ्जावले दुईमा जित निकालेको छ भने एक खेलमा हार व्यहोर्दै अंकतालिकाको छैटौँ स्थानमा छ। पञ्जावले पहिलो खेलमा कोलकाता र दोस्रो खेलमा राजस्थानलाई हराएको थियो भने तेस्रो खेलमा हैदरावादसँग पराजित भएको थियो।

यता, तीन खेल खेलेको गुजरातले पनि दुईमा जित र एक खेलमा हार भोगेको छ। हाल तालिकाको चौथो स्थानमा रहेको गुजरातले पहिलो खेलमा चेन्नई र दोस्रो खेलमा दिल्लीलाई पराजित गरेको थियो भने तेस्रोमा कोलकातासँग हारेको थियो।

गएराति भएको खेलमा राजस्थानले चेन्नईलाई ३ रनले हराएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell