PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

तनहुँबाट निर्वाचित सांसदले तनहुँमात्र बनाउँदैन, देशलाई कुन दिशामा लैजाने भन्ने विषयमा पनि योगदान गर्छ : स्वर्णिम वाग्ले



पहिलोपोस्ट

तनहुँबाट निर्वाचित सांसदले तनहुँमात्र बनाउँदैन, देशलाई कुन दिशामा लैजाने भन्ने विषयमा पनि योगदान गर्छ : स्वर्णिम वाग्ले
तस्विर : स्वर्णिम वाग्लेको फेसबुकबाट

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा स्वर्णिम वाग्लेले तनहुँका जनता चेतनशील भएकाले कस्तो नेतृत्व आवश्यक पर्छ भन्नेमा मूल्याङ्कन गर्न आग्रह गरेका छन्।

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा आज आयोजित कोणसभामा उनले जिल्लावासीले गर्व गर्न लायक सांसद बन्ने चाहना रहेको बताउँदै तनहुँको विकासका लागि योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाए।

तीन वटा मुद्दा लिएर चुनावमा होमिएको बताउँदै वाग्लेले शिक्षा, स्वास्थ्य, बाटोघाटो, सिँचाइलगायत विकासका काममा जनतासँगै रहने प्रतिबद्धता जनाएका छन्।

'तनहुँबाट निर्वाचित भएको सांसदले तनहुँमात्र बनाउँदैन। देशलाई कुन दिशामा लैजाने भन्ने विषयमा पनि योगदान रहन्छ', उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell