A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a9835b15df413.72570640): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a9835b15df413.72570640,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

बैतडी जीप दुर्घटना : आफन्तको अवरोधका कारण मृतकको शव परीक्षण हुन सकेन
PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

बैतडी जीप दुर्घटना : आफन्तको अवरोधका कारण मृतकको शव परीक्षण हुन सकेन



रासस

बैतडी जीप दुर्घटना : आफन्तको अवरोधका कारण मृतकको शव परीक्षण हुन सकेन

बैतडी : बैतडीमा मंगलवार राति भएको जीप दुर्घटनामा परी ज्यान गुमाएका छ जनाको अझै शव परीक्षण हुनसकेको छैन। क्षतिपूर्तिको लागि आन्दोलन गरिरहेका मृतकका आफन्तले लिखित सहमति नहुँदासम्म शव परीक्षण गर्न नदिने बताएका छन्।

शव परीक्षणका लागि देउलेक स्वास्थ्यचौकी पुर्‍याइए पनि क्षतिपूर्तिका लागि लिखित सहमति हुनुपर्ने भन्दै मृतकका आफन्त आन्दोलित भएका हुन्। गाडी धनीबाट क्षतिपूर्तिको लिखित सहमति हुनुपर्ने माग गर्दै पीडित पक्षले शव परीक्षण गर्न नमानेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

गाडी साहू बझाङको केदारस्युँका मिलन बोहरा सम्पर्कमा आए पनि सहमति भने गरेका छैनन्। मिलनले आफ्ना दाई पदमलाई सहमतिका लागि पठाएका थिए। पदमले मौखिक सहमति मात्रै गरेकाले मृतकका आफन्तले लिखित सहमतिको माग गरेका हुन्।

यसअघि मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै घटनास्थल झौलेकस्थित राजमार्गमै शव राखेर आन्दोलन गरेका थिए। शव बुझ्नै नमानेका मृतकका आफन्तलाई पदम र केदारस्युँ गाउँपालिकाले क्षतिपूर्ति दिने भनेर मौखिक सहमति गराएर शव बुझाए पनि परीक्षण गर्न लिखित सहमतिको माग गर्दै उनीहरुले आन्दोलन गरेका हुन्। मृतकका आफन्तले आज बिहान पनि जयपृथ्वी राजमार्ग केहीबेरका लागि बन्द गरेका थिए।

मंगलवार राति खोडपे-बझाङ जोड्ने उक्त राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-८ को झौलेक मोडमा मंगलवार राति ११ बजे से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनालगत्तै फरार रहेका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई ढोल्यामोडबाट नियन्त्रणमा लिइ सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको  छ।

दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका-५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बीरे धामी रहेका छन्। जीपमा सवार अन्य पाँच जनाले हाम फालेर ज्यान बचाएका थिए।

भारतको पिथौरागढमा मजदुरी गरेर नयाँ वर्ष मनाउन फर्किरहेका उनीहरु दुर्घटनामा परेका हुन्। जीप सडकबाट पाँच सय मिटर तल खसेको थियो। उकालो सडकमा एक्कासि जीप ब्याक भएर भीरमा खसेको थियो। ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell