PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

बालेनले भने : काठमाडौंबाट राजधानी सार्दा हामीलाई आपत्ति छैन



पहिलोपोस्ट

बालेनले भने : काठमाडौंबाट राजधानी सार्दा हामीलाई आपत्ति छैन

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले संघीय राजधानी काठमाडौं अन्यत्र सार्‍दा फरक नपर्ने बताएका छन्। सामाजिक संजालबाट उनले काठमाडौंको हितमा काम नगर्ने हो भने सिंहदरबार अन्य पालिकामा सार्न पनि भनेका छन्।

'हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस,' उनले लेखेका छन्।

उनले आफूहरुलाई राजनीति नभइ काठमाडौंको सम्पदा, संस्कृति, कला, सभ्यता चाहिएकोसमेत बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell