PahiloPost

Feb 21, 2026 | ९ फागुन २०८२

भारतमा बीबीसीविरुद्ध मुद्दा दर्ता, विदेशी लगानी अनियमितता गरेको आरोप



पहिलोपोस्ट

भारतमा बीबीसीविरुद्ध मुद्दा दर्ता, विदेशी लगानी अनियमितता गरेको आरोप

भारतमा बेलायती संचारमाध्यम बीबीसीविरुद्ध मुद्दा दर्ता भएको छ। भारतको इन्फोर्समेन्ट डाइरेक्टोरेट (इडी)ले विदेशी लगानीमा अनियमितता गरेको भन्दै फरेन एक्सचेन्ज म्यानेजमेन्ट एक्ट अनुसार मुद्दा दर्ता गरेको हो।

भारतस्थित बीबीसीको कार्यालयमा आयकर विभागले गत फेब्रुअरी मा छापासमेत हानेको थियो।

बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे निर्माण गरेको डकुमेन्ट्री 'इन्डिया : द मोदी क्वेश्चन' लाई लिएर यो कदम चालिएको हो।

सो डकुमेन्ट्रीमा नरेन्द्र मोदीको सुरुवाती राजनीतिक यात्रालाई देखाइएको छ। भारतीय जनता पार्टीमा स्थापति हुँदै गुजरातको मुख्यमन्त्री बनेको यात्रासम्म पहिलो भागमा समेटिएको छ। बीबीसीले बनाएको यो डकुमेन्ट्रीमा गुजरातमा भएको दंगामा मोदीको संलग्नता देखाइएको छ। यही विषयलाई लिएर भारतदेखि बेलायतको संसदमा समेत कुरा उठेको थियो।

भारतीय विदेश मन्त्रालयले भने बीबीसीको डकुमेन्ट्रीलाई 'प्रोपोगान्डा' भनेको थियो। र, त्यसपछि भारतस्थित बीबीसीको कार्यालयमा छापा हान्नेदेखि अन्य कारवाही सुरु गरिएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell