PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

'हल्कारा' को ट्रेलरमा वैदेशिक रोजगारीको प्रभावको कथा



पहिलोपोस्ट

'हल्कारा' को ट्रेलरमा वैदेशिक रोजगारीको प्रभावको कथा

काठमाडौं : महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका रहेको फिल्म ‘हल्कारा’ को ट्रेलर सार्वजनिक भएको छ। बिहीवार काठमाडौँमा एक कार्यक्रमबिच सार्वजनिक ट्रेलरले वैदेशिक रोजगारीको कथा समेटेको छ।

२ मिनेट ५१ सेकेन्ड लामो ट्रेलरले हुलाक सेवाको सरकारी जागिरदेखि विदेशिएको एक पुरुषको कथा देखाइएको छ। गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई ट्रेलरमा देख्न सकिन्छ।

फिल्म ‘हल्कारा’ महेश पहिलोपटक मुख्य भूमिकामा देखिएका छन्। फिल्म ‘नोभेम्बर रेन’ बाट अभिनयमा डेब्यू गरेका उनले ‘चपली हाइट ३’मासमेत काम गरेका थिए।

‘हल्कारा’ जस्तो फिल्ममा जोडिन पाउनु नै ठूलो उपलब्धिपुर्ण कुरा भएको महेश बताउँछन। १५ वर्षको अभिनय करियरमा यस फिल्मले अन्तर्राष्ट्रिय स्तरमा चिनाएको उनको भनाई छ। ‘यो चलचित्र मेरो लागि एक महत्वपूर्ण अवसर हो। मैले पनि यसमा साँच्चिकै अभिनय गर्न पाउँदा खुसी छु। यस फिल्मले मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मौका दिएको छ।’

आगामी वैशाख २९ गतेबाट प्रदर्शन हुने फिल्ममा विक्रम सापकोटाको लेखन, निर्देशन तथा सम्पादन रहेको छ। फिल्ममा महेश र बिनिताका साथै उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनय रहेको छ।

निर्देशक सापकोटाले वैदेशिक रोजगारीको कथा समेटेको यो चलचित्र पूर्ण रुपमा ‘कमर्सियल’ तथा मनोरञ्नात्मक रहेको सुनाए।  ‘फिल्मले गाउँमा चिठ्ठी पुर्‍याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस गरेको छ।'

हल्कारा’ ले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न अवार्ड जितिसकेको छ। अमेरिकाको ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’ मा ‘हल्कारा’ उत्कृष्ट विदेशी भाषी फिल्म घोषित भएको थियो। साथै यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्डसमेत जितेका थिए। त्यसैगरि नेपाल-अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा यो फिल्म उत्कृष्ट भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell