PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

लघु चलचित्र प्रतियोगितामा प्रथम भएको फिल्म 'कस्तुरी' को विशेष शो



पहिलोपोस्ट

 लघु चलचित्र प्रतियोगितामा प्रथम भएको फिल्म 'कस्तुरी' को विशेष शो

काठमाडौं : लघु चलचित्र प्रतियोगितामा पुरस्कृत फिल्महरुको विशेष शो सम्पन्न भएको छ। बिहीवार रातोपूल स्थित ओजस थिएटरमा गरिएको विशेष शोमा कस्तुरी’, ‘डोल्मा’ र ‘सेनाको सन्तति’ देखाइएको हो।

नेपाली सेनाले आयोजना गरेको लघु चलचित्र प्रतियोगिता (२०२३) मा ‘कस्तुरी’ प्रथम भएको थियो। ‘सेनाको सन्तती’ चौथो हुँदा ‘डोल्मा’ २०२२ लघु चलचित्र प्रतियोगितामा तेस्रो बनेको थियो।

यी तीनै लघुफिल्म ओजस थिएटर एन्ड फिल्म स्टुडियोले निर्माण गरेको हो। सेनाले समाज र जनताको सेवामा पुर्‍याउँदै आएको योगदानको विषयलाई तीनै फिल्मले समेटेको छ।

कार्यक्रममा रंगकर्मी तथा प्रशिक्षक विरेन्द्र हमालले ३ वटै फिल्मका कलाकार तथा प्राविधिकहरुलाई प्रमाणपत्र दिएर सम्मान गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell