PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

वैशाख १ मा तीनवटा फिल्महरु रिलिज : दयाहाङकै दुई फिल्म एकआपासमा भिड्दा चेपुवामा 'बुलाकी'



पहिलोपोस्ट

वैशाख १ मा तीनवटा फिल्महरु रिलिज : दयाहाङकै दुई फिल्म एकआपासमा भिड्दा चेपुवामा 'बुलाकी'

काठमाडौं : आज नयाँ वर्ष २०८० को पहिलो दिन। आज नेपाली सिनेमाहलमा तीन फिल्महरु प्रदर्शन भएका छन्। ‘जारी’,‘बिहे पास’ र ‘बुलाकी’रिलिज भएका हुन्।

यो वर्षको सुरुवातदेखि नेपाली फिल्महरुबिचको प्रतिस्पर्धा कडा हुने देखिएको छ। आज हलमा दयाहाङ राईको मुख्य भूमिका रहेको दुई फिल्म ‘बिहे पास’ र ‘जारी’ एकआपसमा भिड्दैछन्।  

त्यसैगरि, आजै रिलिज भएका दुई फिल्महरु एकै विषयवस्तुमाथि बनेका समेत परेका छन्। उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘जारी’ लिम्बु समुदायमा आधारित जारी प्रथामा आधारित छ। त्यस्तै, लक्ष्मण सुनार निर्देशित ‘बुलाकी’ कर्णालीभेगको जारी प्रथाको विषयवस्तु उठाएको फिल्म हो। दर्शकहरुले पूर्व र पश्चिमको कथामध्ये कसलाई मन पराउँलान्? त्यो भने केहीदिनपछि नै थाहा हुनेछ।

यी तीनवटै फिल्महरुमध्ये दयाहाङ र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘जारी’ ले उच्च शो पाएको छ। ‘जारी’ का अधिकांश शोहरु सोल्डआउट समेत भइसकेका छन्। त्यसैगरि, दयाहाङ र प्रकृति श्रेष्ठको ‘बिहे पास’ले ठिकै शो पाउँदा सुरक्षा र नरेन खड्काको ‘बुलाकी’ भने चेपुवामा परेको छ। 

यसअघि ‘भगवत् गीता’, ‘प्रसाद २’ र ‘नाई नभन्नु ल ६’ ले समेत वैशाख १ गतेकै मिति तय गरेका थिए। तर, पछि विभिन्न कारणले यी फिल्महरु यस मितिमा रिलिज भने हुन सकेनन्।

त्यसैगरि, वैशाख १५ गते पनि तीन फिल्महरु एकआपसमा भिड्दैछन्। सो मितिमा ‘प्रसाद २’, ‘ कैदीको पत्र’ र ‘नाई नभन्नु ल ६’ रिलिज हुँदैछन। त्यस्तै, वैशाख २१ मा धिरज मगरको मुख्य भूमिका रहेको फिल्म ‘ज्याकी: आइ एम २१’ रिलिज हुने तय भएको छ। वैशाख २९ गते भने महेश त्रिपाठी अभिनित हल्काराको रिलिज डेट फिक्स भइसकेको छ।

त्यसैगरि, प्रकाश सपुतको डेब्यू फिल्म ‘परदेशी २’ पनि आउँदो दशैँको अवसरमा कात्तिक ३ बाट प्रदर्शन हुने तय भएको छ। सोही बखत फूलपातीको अवसरमा विपिन कार्कीको मुख्य भूमिका रहेको ‘भष्मे डन-पशुपतिप्रसाद’ पनि रिलिज हुने ‘फिक्स्ड’ भएको छ।

त्यसैगरि, हाल छायाङ्कनमा रहेका फिल्महरु ‘नांगो गाउँ, ‘जय हो’, ‘दुई कदम’, ‘भगवत् गीता’, ‘दुई कदम’ र ‘ऐंचो पैंचो’ र ‘ह्रस्वदीर्घ’ यसैवर्ष प्रदर्शन हुने देखिन्छ। त्यस्तै, अनमोल केसीको ‘जेरी २’,  दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको ‘हात्तीछाप’, मलिका महतको ‘सतीदेवी’ लगायतका फिल्महरु यसैवर्ष रिलिज हुने सम्भावना बढी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell