PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

नयाँ वर्षमा घुम्न जाँदै हुनुहुन्छ ? यस्तो छ ३ दिनको मौसम पूर्वानुमान



पहिलोपोस्ट

नयाँ वर्षमा घुम्न जाँदै हुनुहुन्छ ? यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

आज नयाँ वर्ष २०८० सालको पहिलो दिन। साथी र परिवारबिच नयाँ वर्ष शुभकामना आदानप्रसाद गरि वर्षको सुरुवात गरिँदैछ। आज नयाँ वर्षको विदा र भोलि शनिवार। त्यसैले पनि दुई दिनको छुट्टीमा धेरैजना घुम्न निस्किँदैछन्। नयाँ वर्षको उल्लासमा देशभरको मौसम कस्तो रह्ला ?

वैशाख १ गतेको बिहान देशभर स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो  देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदली रहनेछ। आज पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको छ।

आज राती भने  देशभर आंशिक बदली रहने छ।

यस्तै, भोलि शनिवार दिउँसो   देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागको मौसमआंशिक बदली रहनेछ। सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ।

शनिवार राती   देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भूभागको मौसम आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।

आइतवार दिउँसो पनि  देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम आंशिक बदली रहने महाशाखाको पूर्वानुमान छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै देशका तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

आइतवार राती भने  देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भूभागको मौसम सामान्यतया सफा रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell