PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

गौरव र नम्रताको 'नम्बरी सुन' रिलिज डेट भदौ १



पहिलोपोस्ट

गौरव र नम्रताको 'नम्बरी सुन' रिलिज डेट भदौ १

काठमाडौं : नयाँ वर्षको अवसरमा फिल्म  ‘नम्बरी सुन’ फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरसहित आगामी भदौ १ गतेका लागि फिल्मको प्रदर्शन मितिसमेत घोषणा गरिएको हो।

सार्वजनिक पोस्टरमा मुख्य कलाकार गौरव पहारी र नम्रता सापकोटालाई देख्न सकिन्छ।  

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका हुन्। राजु गिरी निर्माता रहेको फिल्ममा नारायण खाती निर्माताका रुपमा रहेका छन्।

फिल्ममा गौरव र नम्रताका साथै सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell