PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

प्रधानमन्त्री प्रचण्डको नजरमा अर्थतन्त्र अफ्ट्यारोमा पर्नुको तीन कारण र सुधारका तीन संकेत



पहिलोपोस्ट

प्रधानमन्त्री प्रचण्डको नजरमा अर्थतन्त्र अफ्ट्यारोमा पर्नुको तीन कारण र सुधारका तीन संकेत

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली अर्थतन्त्रमा सुधारका संकेतहरु देखिन थालेको बताएका छन्। नयाँ वर्षको अवसरमा प्रवासी नेपालीहरुलाई भर्चुअल सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले तीन महिनायता अर्थतन्त्रमा सकारात्मक सुधार देखिन थालेको बताएका हुन।

माओवादी केन्द्रको प्रवास समन्वय समितिले आयोजना गरेको कार्यक्रममा प्रचण्डले अर्थतन्त्र सुधारका तीन संकेत प्रस्तुत गरे। त्यसैगरी प्रधानमन्त्रीले अर्थतन्त्र अफ्ट्यारोमा पर्नुका तीन कारणसमेत खुलाए।

अर्थतन्त्र अफ्ट्यारोमा पर्नुको तीन कारण

प्रधानमन्त्री प्रचण्डले अहिले अर्थतन्त्र केही अफ्ट्यारो ठाउँमा रहेको बताए। 'अर्थतन्त्र अलि अफ्ट्यारो ठाउँमा छ। तपाईहरुलाई थाहै छ,' उनले भने, 'यो अहिलेबाट होइन।'

- भूकम्पपछिको क्षति त्यसपछिको पुननिर्माण प्रक्रिया

- त्यसपछि कोभिड भयो र अर्थतन्त्र थलियो

- त्यस्तै युक्रेन रसिया युद्धको असरका कारण नेपालको अर्थतन्त्रले ठुलै अफ्ट्यारो सामना गरिरहेको छ

सुधारका तीन संकेत

प्रधानमन्त्रीले पछिल्लो समय सुधारका संकेतसमेत देखिन थालेको दाबी गरे। 'तीन महिनाभित्रै केही सकारात्मक स‌ंकेत देखिन थालेको छ,' उनले भने।

-रेमिट्यान्ट बढ्न थालेको छ

- विदेशी मुद्राको सञ्जिति ११ महिनाको लागि पुग्ने भएको छ

- राजश्व संकलनमा उल्लेख्य सुधार भएको छ

प्रधानमन्त्री प्रचण्डले विज्ञहरुलेसमेत अर्थतन्त्रमा सुधार आउन थालेको आफूलाई बताउन थालेको र थप छलफलसमेत हुने बताए। 'बैंक ब्याज तिर्ने समय थप्नेबारे छलफल चल्दैछ। अर्थतन्त्र विस्तारै सुधारमा आएको विज्ञहरुले बताउन थालेका छन्। तर राम्रो नै भइसकेको भन्ने चाहि हैन,' प्रचण्डले भने, 'यसबारे छलफल गरी निचोडमा पुग्न वैशाख ४ गते वृहत्तर बैठक राख्दैछु।'

प्रधानमन्त्री प्रचण्डले आफू छिट्टै छिमेकी देशमा भ्रमणमा निस्कनेसमेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell