PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

हैदरावादको जितमा ह्यारी ब्रुकको शतक



पहिलोपोस्ट

हैदरावादको जितमा ह्यारी ब्रुकको शतक
Photo : IPL/Facebook

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ। इडेन गार्डेन स्टेडियममा भएको खेलमा हैदरावादले कोलकातालाई २३ रनले हराएको हो।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२८ रन बनायो। हैदरावादका लागि ह्यारी ब्रुकले अविजित रहँदै शतक प्रहार गर्दा एडेन मार्क्रमले ५० अभिषेक शर्माले ३२ तथा हेनरिच क्लासेनले १६ रन जोडे।

कोलकाताका आन्द्रे रसेलले ३ तथा वरुण चक्रवर्थीले १ विकेट लिए।

२२९ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन मात्रै बनाउन सक्यो। उसका लागि नितिश रानाले सर्वाधिक ७५ रन बनाउँदा रिन्कु सिंहले अविजित रहँदै ५८ रन, नारायण जगदीसनले ३६ तथा शारदुल ठाकुले १२ रन जोडे।

कोलकातालाई रोक्न हैदरावादका मार्को जेनसेन र मयंक मार्केन्डेले २/२ तथा भुवनेश्वर कुमार, टी नटराजन र उमरान मलिकले समान १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell