PahiloPost

Nov 10, 2025 | २५ कात्तिक २०८२

भीरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एक जनाको मृत्यु



रासस

भीरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एक जनाको मृत्यु

ताप्लेजुङ : तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एक जनाको ज्यान गएको छ। आठराई त्रिवेणी गाउँपालिका-३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

आङबुहाङ फुलबारीस्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न गएका थिए। आङबुहाङको टाउकोमा गम्भीर चोट लागेको छ।

घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell