PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

उपचुनाव प्रचारमा पुगेका जापानी प्रधानमन्त्री किसिदा सहभागी कार्यक्रममा 'स्मोक बम' प्रहार



पहिलोपोस्ट

उपचुनाव प्रचारमा पुगेका जापानी प्रधानमन्त्री किसिदा सहभागी कार्यक्रममा 'स्मोक बम' प्रहार
बम प्रहारको आशंकामा एक युवालाई पक्राउ गर्दै जापानी सुरक्षाकर्मी। फोटो : japantoday.com

जापानका प्रधानमन्त्री फुमियो किसिदा सहभागी कार्यक्रममा एक व्यक्तिले बम प्रहार गरेका छन्। पश्चिमी जापानको भ्रमणमा रहेका किसिदामाथि शनिवार 'स्मोक बम' प्रहार गरेको बताइएको छ।

बम प्रहारपछि मानिसहरु तितरवितर भएका थिए। बमको आवाज सुन्नसाथ प्रहरीले किसिदालाई कार्यक्रमस्थलबाट बाहिर निकालेका थिए। घटना लगत्तै उक्त स्थलमा फायर ट्रक पुगेका थिए। घटनामा कुनै व्यक्ति घाइते भएको सूचना अहिलेसम्म प्राप्त भएको छैन।

घटनामा संलग्न २४ वर्षे युवालाई पक्राउ गरिएको जापान टाइम्सले जनाएको छ। वाकायामामा अप्रिलको अन्त्यमा हुने उपचुनावमा आफ्नो दलको उम्मेदवारलाई समर्थन गर्न किसिदा त्यता पुगेका थिए। उनले वाकायामास्थित साइकाजाकी फिसिङ पोर्टमा सम्बोधन गर्ने कार्यक्रमसमेत थियो। यद्यपि भाषण गर्न नपाई उनी लक्षित बम प्रहार भएको हो। घटनाले निर्वाचन नबिथिले प्रधानमन्त्री किसिदाले बताएका छन्।

अहिले प्रधानमन्त्री किसिदालाई सुरक्षा दस्ताले स्कर्टिङ गरी वाकायामाको सुरक्षित केन्द्रमा ल्याएको छ। जापानका पूर्वप्रधानमन्त्री सिन्जो अबे सम्बोधनकै क्रममा मारिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell