PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

सियारी गाउँपालिका अध्यक्षको घर नजिकै कुकर बम फेला



पहिलोपोस्ट

सियारी गाउँपालिका अध्यक्षको घर नजिकै कुकर बम फेला

बुटवल : रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घर नजिकै कुकर बम फेला परेको छ। शनिवार सियारी गाउँपालिका-४ स्थित अध्यक्ष घिमिरेको घर पछाडीको गेट नजिकै कुकर बम फेला परेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

सिमेन्टको बोराभित्र शंकास्पद बस्तु देखेपछि अध्यक्ष घिमिरेले प्रहरीलाई खबर गरेका थिए। प्रहरीसहित नेपाली सेनाको टोलीले उक्त बम डिस्पोज गरेको डीएसपी अर्यालले बताए। तारजडित प्रेसर कुकरमा ‘खतरा’ लेखेर टाँसिएको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell