PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

वर्षमान पुनकी आमालाई गोली हान्ने प्रहरीले पक्राउपछि भने : त्रुटि हुँदा चल्यो



पहिलोपोस्ट

वर्षमान पुनकी आमालाई गोली हान्ने प्रहरीले पक्राउपछि भने : त्रुटि हुँदा चल्यो

काठमाडौं : पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीरथमाली गोली लागेर घाइते भएकी छिन्।

शुक्रवार राति बालुवाटार घरमा तीर्थमालीलाई प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरले बोकेको पेस्तोलबाट गोली लागेको थियो। देब्रे खट्टामा गोली लागेपछि उनलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ। उनी खतरामुक्त छिन्। प्रहरीले अनुसन्धानका लागि हवल्दार पुनलाई नियन्त्रणमा लिएको छ।

प्रहरीसँगको बयानमा अभियुक्त पुनले गोली नियतबस नचलाएको जनाएका छन्। उनले प्राविधिक त्रुटि भएको चाहिँ स्वीकारेका छन्। उनले शुक्रवार राति मादक पदार्थ खाएको देखिएको छ। शुक्रवार नयाँ वर्षको भोज गरिएको थियो। अन्जानवस घटना भएको दावी गरे पनि गोली चलेलगत्तै प्रकाश पुन भने भागेका थिए। उनले बोक्ने पेस्तोल प्रहरीले बरामद गरेको छ। प्रहरीले शनिवार बिहान उनलाई पक्राउ गरेको हो।

हवल्दार प्रकाश कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका पछुवा सुरक्षामा खटिएका प्रहरी हुन्। तीर्थमाया र प्रकाशबिच पारिवारिक नाता सम्बन्ध समेत रहेको खुलेको छ।

प्रकाशले तिर्थमायालाई 'हजुरआमा' भनेर सम्बोधन गर्थे। शुक्रवार उनी नयाँ वर्ष मनाउन त्यहाँ पुगेका थिए। घरबाट निस्किने क्रममा तीर्थमालीले 'कसरी जान्छस्?' भनेर सोधेकी थिइन्। 

जवाफमा प्रकाशले 'मसँग हतियार छ नि' भनेर देखाउँदा ट्रिगर दबेको उनले प्रहरीलाई बयानमा जानकारी दिएको अनुसन्धनमा खटिएका प्रहरीले जानकारी दिए।

लोडेड हतियार उनले किन बोके? त्रुटि वा योजना नै थियो? यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell