PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

एक घण्टामा ३ हजार २०६ पटक 'पुस अप', अष्ट्रेलियाका यी पुरुषले तोडे रेकर्ड



पहिलोपोस्ट

एक घण्टामा ३ हजार २०६ पटक 'पुस अप', अष्ट्रेलियाका यी पुरुषले तोडे रेकर्ड
फोटो : Guinness World Records

अष्ट्रेलियाका एक व्यक्तिले एक घण्टामा ३ हजार २०६ पटक 'पुस अप' गरी नयाँ रेकर्ड कायम गरेका छन्। उनले एकै मिनेटमा ५३ पटक पुसअप गरेका हुन्। लुकास हेलम्के नाम गरेका ३३ वर्षीयले स्थानीय जिमखानामा पुसअप गर्दै नयाँ रेकर्ड कायम गरेका हुन्।

यसअघि अष्ट्रेलियाकै दानियल स्कालीले गत अप्रिल २०२२ मा एक घण्टामा ३ हजार १८२ पटक पुसअप गरेर रेकर्ड कायम गरेका थिए। लुकासले गत नोभेम्बरमै उक्त रेकर्डका लागि सूचना दिएका थिए। गिनिज बुकले हालैमात्र यो रेकर्ड प्रमाणित गरेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell