काठमाडौं : नेपाली कांग्रेसले एनपी साउदलाई सरकारमा पठाउने तयारी गरेको छ। परराष्ट्र मन्त्रालय सम्हाल्ने गरी साउदलाई सरकारमा पठाउन लागिएको कांग्रेस स्रोतले जनायो। साउदको शपथ आइतवार दिउँसो ३ बजे तय भएको बालुवाटार स्रोतले जनायो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसलाई ८ वटा मन्त्रालय दिने सहमति भएको बताइएको छ। पहिलोचोटि कांग्रेसले चैत १७ गते उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा चार जनालाई सरकारमा पठाएको थियो। सरकारमा उपप्रधानसहित रक्षामा खड्का, अर्थमन्त्रीमा डा प्रकाशशरण महत, उद्योग वाणिज्यमा रमेश रिजाल र सहरी विकासमा सिता गुरुङ छन्।
साउदलाई सरकारमा पठाएसँगै कांग्रेसको भाग ३ मन्त्रालय बाँकी रहनेछन्। संस्थापनइतरले नाम नबुझाउँदा मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन।