PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

रौतहटमा जग्गाको बिषयमा विवाद हुँदा गोली चल्योः एक जनाको मृत्यु, तीन घाइते



पहिलोपोस्ट

रौतहटमा जग्गाको बिषयमा विवाद हुँदा गोली चल्योः एक जनाको मृत्यु, तीन घाइते

जनकपुरधामः  रौतहटको गढीमाईमा नगरपालिकामा जग्गा विवादलाई लिएर दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
 धनगढीमाई नगरपालिका वडा नम्बर ८ धोबिनियामा जग्गा विवादलाई लिएर दुई समूहबिच विवाद भएपछि गोली चल्दा एक जनाको मृत्यु भएको हो। त्यस्तै तीन जना घाइते भएको हो । 
अवैध हतियारबाट गोली हानाहान हुँदा धनगढीमाई नगरपालिका ८का रामकुमार रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

घाइते भएका तीनै जनाको उपचार गरुडास्थित ग्राण्डी अस्पतालमा भईरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell