PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

सडक महोत्सवको रमझममा यसरी झुम्यो दरबारमार्ग

सडक महोत्सवको रमझममा यसरी झुम्यो दरबारमार्ग

रविन खाकी/पहिलोपोस्ट


काठमाडौं : नयाँ वर्षको पहिलो शनिवार दरबारमार्गको माहोल फरक रह्यो। १६औँ दरबारमार्ग स्ट्रिट फेस्टिभलका कारण दरबारमार्ग रमझमपूर्ण बन्यो।

स्ट्रिट फेस्टिभलमा सहभागी हुन सडकमा हजारौँ ओर्लिए। सडकमा विभिन्न नेपाली परिकारमात्र हैन मौलिक नेपाली संगीतको स्वाद लिए।

स्ट्रिट फेस्टिभलमा धिमे बाजाको तालमा ‘बौचा मैचा’हरुको नृत्य पनि देख्न सकिन्थ्यो। फेस्टिभलमा स्वदेशीका साथै केही विदेशी पर्यटकहरु पनि थिए। विशेषगरी, फेस्टिभलमा युवा बढी रमाइरहेका देखिन्थे।

फेस्टिभलको अर्को आकर्षण थियो - कन्सर्ट। जहाँ दर्जनौं कलाकारले आफ्नो कला पस्केका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell