PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

पहाडी भू-भागमा पानी पर्ने र तराईका केही स्थानमा हावाहुरीको सम्भावना



पहिलोपोस्ट

पहाडी भू-भागमा पानी पर्ने र तराईका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं : हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदलीदेखि सामान्यतया सफा अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

महाशाखाका अनुसार आइतवार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

आइतवार राति  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell