PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

घरेलु मैदानमा पञ्जावसँग हार्‍यो लखनउ



पहिलोपोस्ट

घरेलु मैदानमा पञ्जावसँग हार्‍यो लखनउ
Photo: IPL

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति भएको खेलमा पञ्जाव किङ्ग्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ। एकना क्रिकेट स्टेडियममा भएको खेलमा पञ्जावले लखनउलाई २ विकेटले हराएको हो।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५९ रन बनायो। लखनउका लागि कप्तान केएल राहुलले ७४ रन बनाउँदा कायल मेयर्सले २९, क्रुणाल पाण्ड्याले १८ तथा मार्कस स्टोइनिसले १५ रन जोडे।

पञ्जावका साम करनले ३, कगिसो रबाडाले २ तथा आर्शदीप सिंह, हारप्रित ब्रार र सिकन्दर राजाले १/१ विकेट लिए।

१६० रनको लक्ष्य पछ्याएको पञ्जावले ३ बल बाँकी छँदा ८ विकेट गुमाउँदै लक्ष्य भेट्यायो। उसका लागि सिकन्दर राजाले सर्वाधिक ५७ रन बनाउँदा म्याथ्यु सर्टले ३४ रन, मसूद शाहरुख खानले २३ तथा हारप्रित सिंहले २२ रन जोडे।

लखनउका युधवीर सिंह, मार्क उड र रवि बिस्नोइले २/२ तथा कृष्णप्पा गोथाम र क्रुणाल पाण्ड्याले समान १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell