PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

गुरुङ पोसाकमा सजिएर टिकटक बनाउनेहरुले भरिभराउ घान्द्रुक

गुरुङ पोसाकमा सजिएर टिकटक बनाउनेहरुले भरिभराउ घान्द्रुक

रिना थापा/पहिलोपोस्ट


पोखरा : पर्यटकीय गन्तव्यको रुपमा चर्चित घान्द्रुकमा पर्यटकको चहलपहल बाह्रैमास हुन्छ। गुरुङ संस्कृतिको होमस्टेमा रमाउँदै हिमालको दृश्य हेर्न पाउनु घान्द्रुकको विशेषता नै हो।

कास्कीको अन्नपूर्ण गाउँपालिका १० र ११ मा पर्ने घान्द्रुकबाट देखिने अन्नपूर्ण र माछापुच्छ्रे हिमालले पर्यटकलाई तानिरहेको छ। तर, पछिल्लो समय पर्यटकको आर्कषण फेरिएको छ।

गुरुङ पोसाकमा सजिएर फोटो खिचाउन चाहनेको चहलपहल हुन्छ आजकल गाउँमा। अधिकांश घरको आँगनमा पोसाक लगाएर भिडियो र फोटो खिच्ने पर्यटकको भीडभाड हुन्छ।

हातहातमा फोन लिएर सामाजिक सञ्जालमा शेयर गर्नका लागि खिचिन्छ फोटो र भिडियो। विशेषगरि टिकटक बनाउनेहरु धेरै देखिन्छन्।

गाउँमा गुरुङ पोसाक लगाउने सुविधा होटलहोटलमा छ। प्रति व्यक्ति २ सय रुपैँया तिरेर पोसाक लगाउन पाइन्छ। डिजिटल मार्केटिङको काम गरिरहेको पर्यटकको आर्कषणले घान्द्रुकसँगै अन्य पर्यटकीय स्थलमा पर्यटकलाई लोभ्याइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell