PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

'बुलाकी' हलबाट उत्रियो, चोकचौतारोमा प्रोजेक्टरबाट देखाउने चेतावनी



पहिलोपोस्ट

'बुलाकी' हलबाट उत्रियो, चोकचौतारोमा प्रोजेक्टरबाट देखाउने चेतावनी

काठमाडौं : सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म 'बुलाकी' को प्रदर्शन रोकिएको छ। हलले शो नदिएको भन्दै गत शुक्रवारदेखि प्रदर्शन भएको फिल्म आइतवारबाट रोक्ने निर्णय गरिएको हो।

फिल्मका कलाकार तथा निर्माता विराज विष्टले आइतबारबाट प्रदर्शनरत सबै हलबाट चलचित्र फिर्ता लिएको फेसबुकमार्फत जानकारी दिए। फिल्मले राम्रो प्रतिक्रिया पाएपनि हलले शो नदिएर निर्माता डुबाउने खेल खेलेको उनको आरोप छ।

‘सम्पूर्ण दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको फिल्मलाई चौतर्फी घेराबन्दी गरि जसरी निर्माता डुबाउने खेल खेलियो। यो हामी बिल्कुल मान्न तयार छैनौं। फर्स्टलूक पोस्टर सार्वजनिकदेखि नै प्राप्त हाइपलाई बेवास्ता गर्दै फिल्म र फिल्मको कन्टेन्ट नहेरी भ्रुर्ण हत्याको शैलीमा अग्रिम बुकिङमै फिल्मलाई न्यून शोज उपलब्ध गराएका कारण हामी शो हटाउन बाध्य भयौँ,’ उनले लेखेका छन्।

काठमाडौंले अबहेलना गरेको कर्णाली र सूदूरपश्चिमको कथा उठाएर करोडौं रिस्क लिँदै चलचित्र बनाउँदा फिल्म क्षेत्रले समेत सोही व्यबहार दोहोर्‍याएको उनको गुनासो छ। तत्काललाई प्रदर्शन रोकिए पनि आफूहरू विभिन्न माध्यमबाट दर्शकसँग जोडिनेसमेत उल्लेख गरेका छन्।

प्रदर्शनदिनदेखि नै ‘बिहे पास’ र ‘जारी’ को चेपुवामा फिल्म ‘बुलाकी’ परेको थियो। 

लक्ष्मण सुनार निर्देशित फिल्ममा सुरक्षा र नरेन खड्काका साथै विराज बिष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री लगायतका कलाकारको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell