काठमाडौं : सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘जय हो’ को छायाङ्कन सकिएको छ। मुस्ताङको मुक्तिनाथमा अन्तिम सट खिच्दै ३० दिनमा छायाङ्कन सकिएको निर्माण टिमले जनायो।
शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको छायाङ्कन मुस्ताङ र कास्कीको विभिन्न स्थानमा गरिएको हो।
टेक पौरखी राईको निर्देशन रहेको फिल्ममा सलोनका साथै अर्पण थापा, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, अथिति कलाकारमा रोहित रुम्बा लगायतको अभिनय रहेको छ।
सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्ममा सुरेश न्यौपानेको कथा लेखन रहेको छ। राज के अधिकारी र सुरज सरकार फिल्मको निर्माता हुन्।
कमेडी, एक्सन र लभस्टोरी जनराको यो फिल्म आगामी भदौ ८ गतेबाट रिलिज हुनेछ।