PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

बागमती खोला सफाइ गर्दा भेटियो पेस्तोल



पहिलोपोस्ट

बागमती खोला सफाइ गर्दा भेटियो पेस्तोल
फाइल फोटो

काठमाडौं : काठमाडौंको बागमती खोलामा पेस्तोल भेटिएको छ। बागमती सरसफाइ गर्ने क्रममा पेस्तोल र म्याग्जिन फेला पारेको हो।

काठमाडौं महानगरपालिका-९ तिलगंगास्थित पहेँलो पुलमुनिबाट एक थान पुरानो पेस्तोल र उक्त पेस्तोलमा लाग्ने २ थान खाली म्याग्जिन बरामद भएको हो।

बागमती सरसफाइ गर्ने क्रममा उक्त पेस्तोल र म्याग्जिन फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ। पेस्तोल कहाँबाट आयो? कसको भन्ने अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell