PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

'जारी'को क्लिप्स टिकटकमा छ्यापछ्याप्ती भेटिएपछि निर्माता पुगे साइबर ब्युरो



पहिलोपोस्ट

'जारी'को क्लिप्स टिकटकमा छ्यापछ्याप्ती भेटिएपछि निर्माता पुगे साइबर ब्युरो

काठमाडौं : प्रदर्शनरत फिल्म ‘जारी’ को भिडियो क्लिपहरु टिकटमा छ्यापछ्यापी भेटिन थालेका छन्। बक्सअफिसमा राम्रो कमाई गरिरहेको फिल्मको सामाजिक सञ्जालमा पाइरेसी हुन थालेपछि निर्माण टिम साइबर ब्युरोमा उजुरी दिन पुगेको छ।  

निर्माता मणिराम पोखरेलले आइतबार साइबर ब्युरो पुगेर उजुरी दिएका हुन्। पाइरेसीमा संलग्न फेसबुक, टिकटक, युट्युब र इन्स्टाग्रामका ३२ वटा एकाउन्टविरुद्ध साइबर ब्युरोमा उजुरी दिइएको हो।

हलमा खिचेर फिल्मका दृश्य हाल्दा निर्मातालाई आर्थिक नोक्सान भएकाले पाइरेसीमा संलग्नको अनुसन्धान गरी क्षतिपूर्ति दिनसमेत उनको माग छ।

वैशाख १ गतेबाट प्रदर्शनमा आएको उपेन्द्र सुब्बा निर्देशित ‘जारी’ ले आक्रामक व्यपार गरिरहेको छ। यस फिल्ममा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell