PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

प्रधानमन्त्री प्रचण्ड हराएकोले खोज्न रघुजी पन्तको आग्रह, शितल निवासमा दौरासुरुवाल लगाएर गए भेटिने रामहरिको सुझाव



पहिलोपोस्ट

प्रधानमन्त्री प्रचण्ड हराएकोले खोज्न रघुजी पन्तको आग्रह, शितल निवासमा दौरासुरुवाल लगाएर गए भेटिने रामहरिको सुझाव

काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पछिल्लोपटक संसदमा देखिनै छाडेको बताएका छन्। आइतवार प्रतिनिधि सभाको शुन्य समयमा आफ्नो धारणा राख्दै प्रचण्ड संसदमा झलकझुलुकमात्र देखिने गरेको बताएका हुन्। 

पन्तले प्रधानमन्त्री प्रचण्ड अन्तिमपटक बालुवाटारकको छेउछाउ देखिएकोले संसदमा बुझाउनसमेत आग्रह गरे। 'सभामुख महोदय, नागरिकताको नाम पुष्पकमल दाहाल। चलनचल्तीको नाम प्रचण्ड स्थायी टिकट फेरि नै राख्ने। अस्थायी ठेगाना कहिले बालुवाटार कहिले खुमलटार। हुलिया पहिले पहिले कोट पाइन्ट लगाए पनि हाल दौरासुरुवाल र टोपी पनि लगाउने गरेको छ,' पन्तले भने, 'उमेर ६५ नाघेको ७० नपुगेकोजस्तो देखिने। उहाँ केहीदिन अघि प्रतिनिधि सभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकोले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद भवनमा नयाँ बानेश्वरमा बुझाइदिनुहोला। उहाँ अन्तिमपटक देखिएको स्थान बालुवाटारको छेउछाउ।' 

कांग्रेस सांसद रामहरि खतिवडाले भने प्रधानमन्त्री प्रचण्डले आजै ३ बजे शितल निवासमा शपथ नयाँ मन्त्रीलाई खुवाउने कार्यक्रम रहेको उल्लेख गर्दै दौरा सुरुवाल लगाएर जान पन्तलाई सुझाव दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell