PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

बाँदर आतंकबारे सांसदमा रामहरि खतिवडाको प्रश्न : चीनलाई बेच्ने कि मार्ने? 



पहिलोपोस्ट

बाँदर आतंकबारे सांसदमा रामहरि खतिवडाको प्रश्न : चीनलाई बेच्ने कि मार्ने? 

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बाँदर आतंक बढेकोले यसको समाधान खोज्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको शुन्य समयमा आफ्नो धारणा राख्ने क्रममा खतिवडाले यसको समाधान खोज्न आग्रह गरेका हुन्।

श्रीलंकाले चीनलाई बाँदर बेचेको खबर आफूले सुनेको उल्लेख गर्दै नेपालले पनि त्यसै गर्नुपर्ने सुझावसमेत उनको रह्यो। 'देशमा बाँदर आतंक छ। मैले एउटा समाचार पढेको थिएँ। श्रीलंकाले बाँदर चीनतिर निकासी गरेछ र बेचेछ,' खतिवडाले भने, 'हाम्रो पनि आर्थिक संकट परिराखेको छ। केही बाँदरहरु चीनतिर लाने व्यवस्था गरियोस् भनेर सभमुखमार्फत अनुरोध गर्न चाहन्छु। कि मार्ने अनुमति दिइयोस्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell