PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

नवनियुक्त परराष्ट्रमन्त्री साउद र भौतिक पूर्वाधार राज्यमन्त्री चपाईँले लिए शपथ



पहिलोपोस्ट

नवनियुक्त परराष्ट्रमन्त्री साउद र भौतिक पूर्वाधार राज्यमन्त्री चपाईँले लिए शपथ

काठमाडौं : नवनियुक्त परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा साउदले पद तथा गोपनियताको शपथ लिएका हुन्।

यसअघि नेपाली कांग्रेसले चैत १७ गते उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा चार जनालाई सरकारमा पठाएको थियो। सरकारमा उपप्रधानसहित रक्षामा खड्का, अर्थमन्त्रीमा डा प्रकाशशरण महत, उद्योग वाणिज्यमा रमेश रिजाल र सहरी विकासमा सिता गुरुङ छन्।

साउदलाई सरकारमा पठाएसँगै कांग्रेसको भाग ३ मन्त्रालय बाँकी रहनेछन्। संस्थापनइतरले नाम नबुझाउँदा मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन।

त्यस्तै, भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाईँले पनि सो क्रममा पद तथा गोपनियताको शपथ लिएकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell