PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

मुगुमा पहिलो ‘कोर्ट म्यारिज’ : ७० वर्षिय प्यारीलाल र ४२ वर्षीया जानकीले अदालतमा कसे लगनगाँठो



पहिलोपोस्ट

मुगुमा पहिलो ‘कोर्ट म्यारिज’ : ७० वर्षिय प्यारीलाल र ४२ वर्षीया जानकीले अदालतमा कसे लगनगाँठो
फोटो : रासस।

मुगु : मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ। यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो।

सोरु गाँउपालिका-७ सिपगाँउका ७० वर्षिय प्यारीलाल काफ्ले र खत्याड गाँउपालिका-४ जिउका गाँउका ४२ वर्षीया जानकी रोकायाबिच आइतवार जिल्ला अदालत मुगुमा विवाह भएको हो। आफूहरुबिच २८ वर्षको फरक भए पनि आफू कसैको दबाब तथा लोभमा नपरेको जानकी रोकायाले बताइन्।

विवाहको कानुनी प्रक्रिया पूरा गरी जिल्ला न्यायाधीश दिलकुमार वर्देवाले विवाहित जोडीलाई प्रमाणपत्र प्रदान गरे। न्यायाधीश वर्देवाले जिल्लामा पहिलो पटक अदालती विवाह भएको जानकारी दिए।

काफ्लेकी श्रीमतीको २०७७ असोज १८ मा निधन भएको थियो भने रोकायाले गत पुस ४ मा श्रीमानसँग सम्बन्धविच्छेद गरेकी थिइन्। दुवै जनाको सहमति र साक्षीहरुको उपस्थितिमा अदालती विवाह सम्पन्न भएको जिल्ला अदालत मुगुका श्रेष्तेदार गोविन्द आचार्यले बताए।

सत्तरी वर्षको उमेरमा अदालती विवाह गरेपछि गमगढी बजारमा नयाँ जोडी हेर्नेको भिड लागेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell